तिलगंगा आँखा अस्पताललाई विश्व स्वास्थ्य संगठनबाट मान्यता

काठमाडौं– तिलगंगा आँखा अस्पतालले विश्व स्वास्थ्य संगठनबाट मान्यता पाएको छ । अस्पताललाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आफ्नो समन्वय केन्द्रको रुपमा मान्यता दिएको हो ।  

विश्व स्वास्थ्य संगठनले २५औँ वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच अस्पताललाई आफ्नो समन्वय केन्द्रको मान्यता दिएको घोषणा गरेको हो । सो अस्पतालले आँखाको स्वास्थ्य सेवा, लेन्सको उत्पादन र अनुसन्धानको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएकाले आफ्नो समन्वय केन्द्रमा मान्यता दिइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

 प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो अस्पतालले आँखाको उपचारको क्षेत्रमा असाधारण काम गरेर मुलुकको समृद्धिको अभियानमा पनि महत्वपूर्ण योगदान पुर्याएको बताए । 

अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलगायतको योगदानको पनि प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले अस्पतालका लागि आवश्यक सबै सहयोग गर्न सरकार सदा तयार रहेको पनि बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आँखाको स्वास्थ्य सेवालाई अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै ‘आँखा एकाइ’ को व्यवस्था गर्ने घोषणा गरे । 

अस्पतालका कार्यकारी निर्देशक रुइतले आँखा अस्पतालले हालसम्म ६० लाख आँखा रोगीहरुको उपचार गरेको तथा ४ लाखभन्दा बढीको आँखाको शल्यक्रिया गरेको जानकारी गराए ।





  • प्रकाशित मिति : साउन ६, २०७६ साेमबार १७:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया