सामान्य अंकले उकालो लाग्यो नेप्से परिसूचक

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबारमापक नेप्से परिसूचक सोमबार सामान्य अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार २७१.२३ बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ बिन्दुले बढेर २७३.५० मा पुगेको छ । 

नेप्से उकालो लाग्दा कुल १ सय ६६ कम्पनीको १० लाख ८४ हजार ५ सय ५३ कित्ता सेयर ३१ करोड ६६ लाख ४३ हजार ४ सय २१ मूल्यमा खरिद–बिक्री भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार भएका कुल ११ उपसमूहमध्ये तीन उपसमूहको सेयर आरालो लागेको छ । 

त्यसमा निर्जीवन बिमा कम्पनी २१.८३, जीवन बिमा ६.४ र सामूहिक लगानी कोष ०.१९ बिन्दुले घटेको छ । यस्तै, बैंकिङ २.३४, होटल १७.०९, विकास बैंक १.७, जलविद्युत् ५.७३, वित्त ०.८७, उत्पादन ७.४५, अन्य २.०६ र लघुवित्त ७.४८ बिन्दुले बढेको छ । 

लाभकर गणना विधिका विषयमा बुझाइमा केही समस्या भएपछि लगानीकर्ता अन्योलमा परेकाले बजार अपेक्षित उकालो लाग्न नसकेको बताइएको छ । स्टकका अनुसार कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कुल दुई करोड ३६ लाख ९८ हजार ६५ रुपैयाँबराबरको कारोबार भयो ।

यस्तै, सिभिल बैंक एक करोड ६७ लाख ८८ हजार १ सय ४२, नबिल बैंक एक करोड ५८ लाख ५९ हजार ९ सय २१, शिवम् सिमेन्ट एक करोड ४८ लाख ५९ हजार ६ सय ३ र नेपाल बैंक एक करोड १० लाख ६३ हजार ५ सय ९२ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ६.९३ प्रतिशतले कमाए । यस्तै, सपोर्ट माइक्रोफाइनान्स ५.६१, प्रुडेन्सियल इन्स्योरेन्स ३.७०, नेसनल माइक्रोफाइनान्स ३.५८ र नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.९७ प्रतिशतले कमाए । 



यसैगरी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ५.७२, समिट लघुवित्त वित्तीय संस्था ५.०९, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ४.१०, नेपाल हाइड्रो डेभलपर ३.९० र स्वदेशी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.५५ प्रतिशतले गुमाए ।



  • प्रकाशित मिति : साउन ६, २०७६ साेमबार १७:३९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया