जीवनमा अगाडि कसरी बढ्ने ? सद्गुरुका टिप्स

एजेन्सी– जीवनमा त्यस्तो मानिस को होला जसलाई अगाडि बढ्न मन नहोस् ? तर, कसैले पनि आफ्नो यात्रालाई अगाडि त्यति बेला मात्र लैजान सक्छ जब उसले आफूमा भएको ऊर्जालाई प्रयोग गर्न सक्छ । जसले आफूभित्र भएको ऊर्जालाई प्रयोग गर्न सक्दैन वा यसलाई प्रयोग गर्ने चाहना पनि राख्दैन, उसले जीवनमा केही नयाँ गर्न पनि सक्दैन ।

यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको चिन्ताको व्यवस्थापन हो । जो मानिस सफल हुन चाहन्छ, उसले चिन्ता धेरै लिनु हुँदैन । बरु विभिन्न साधनाहरु उसले गर्न सक्छ, उसले आफूमा शक्ति संचयनको काम गर्न सक्छ । तर, जुन दिन मानिस ज्यादा चिन्तित हुन्छ, त्यो दिन उसले बढी थकाइ महसुस गरेको हुन्छ । 

मानिसले प्रत्येक दिन ससाना कुराको ख्याल गर्दा पनि हुन्छ । जस्तै कि एक दिनमा तपाईं कति शब्द बोल्नुहुन्छ ? कुनै एक दिन त्यसको आधा शब्द बोल्ने प्रयास गर्नहोस्, यसले तपाईंको शब्द प्रयोगमा अझ बढी सुन्दर बनाउन सक्छ । अर्कोतिर आफ्ना लागि मानिसले आफ्नै विचारको विकास गर्नुपर्छ । जब मानिसमा आफ्नो विचार हुँदैन, उसले अर्काको विचारमा बाँच्ने प्रयास गरेको हुन्छ । यसले सफलतामा पुर्याउन सक्दैन ।

अर्को कुरा मानिसले आफ्नो साहरालाई नै आफ्ने शक्ति सोच्नु हुँदैन । जस्तो कि कसैले एउटा छडीको साहरा लिएको छ भने उसले त्यसलाई नै आफ्नो शक्तिका रुपमा सोच्नु हुँदैन । खासमा शक्ति त मानिस आफैं हो, छडी त उसको लागि साहरा मात्र हो ।





  • प्रकाशित मिति : साउन ७, २०७६ मंगलबार ९:३३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया