सिंगापुर र कुवेतबीचको खेल रद्द हुँदा नेपाललाई घाटा

काठमाडौं– सिंगापुर र कुवेतबीचको खेल रद्द भएपछि आइसिसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको एसिया फाइनलमा नेपाल अंकविहीन भएको छ । गत मंगलबार भएको खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको थियो ।

मंगलबार इन्डियन एसोसिएसन क्रिकेट मैदानमा हुन लागेको सिंगापुर र कुवेतबीचको खेल वर्षाको कारण रद्द भएपछि नेपाललाई घाटा लागेको छ । सिंगापुर र कुवेतले एक–एक अंक बाँडेपछि नेपाल अंकविहीन हुन पुगेको छ । 

अंक तालिकामा सिंगापुरले २ खेलमा ३ अंक जोड्दै शीर्ष स्थानमा छ । मलेसियाले १ खेलमा २ र कतारले २ खेलमा २ अंक जोडेको छ ।

नेपाल भने १ खेल खेले पनि अंकविहीन हुँदै पुछारमा रहेको छ । अब नेपालले बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । 





  • प्रकाशित मिति : साउन ७, २०७६ मंगलबार १६:३३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया