रसियाली निरीक्षक विमानमाथि 'वार्निङ सट' प्रहार गरेको कोरियाको दाबी, रुसले गर्यो इन्कार

सिओल– दक्षिण कोरियाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको रसियाली ‘निरीक्षक जहाज’लाई ‘वार्निङ सट’ प्रहार गरेको बताएको छ । मंगलबार कोरियाली हवाई क्षेत्रमा प्रवेश गरेको जहाजलाई उसको जेटले मेसिन–गनबाट चेतावनीस्वरुप ३६० राउन्ड फायर गरेको हो । 

दक्षिण कोरियाली रक्षा मन्त्रालयले उक्त रसियाली जहाजले दुईपटकसम्म डोक्डो/ताकेसिमा टापुमाथिको कोरियाली हवाई क्षेत्रमा दखल पुर्याएको बताएको छ ।

डोक्डो/ताकेसिमा कोरिया र जापानबीचको विवादित टापु हो । सन् १९५४ देखि कोरियाको अधिनमा रहेको यो टापुमाथि जापानको दाबी छ । रुसले भने कोरियाको आरोप अस्वीकार गर्दै आफ्नो जहाजले उसको हावई क्षेत्रमा कुनै दखल नदिएको बताएको छ । 

मस्कोले आफ्ना दुई बमवर्षक विमान स्वायत्त समुद्री क्षेत्रको योजनाबद्ध निरीक्षणमा रहेको बताएको छ । विमानमाथि ‘वार्निङ सट’ प्रहार गरेको कोरियाको दाबीको पनि उसले खण्डन गरेको छ । 

दक्षिण कोरिया र रुसबीच यस्तो घटना भएको पहिलोपटक हो । 





  • प्रकाशित मिति : साउन ७, २०७६ मंगलबार १८:४१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया