धावनमार्ग नभएको दुनियाँको एक्लाे विमानस्थल, जहाँ हवाईजहाज पानीमाथि दाैडिन्छ

एडिनबर्ग– स्कटल्यान्डको बारा द्वीपमा रहेको बारा विमानस्थलको छुट्टै विशेषता छ । सन् १९३६ देखि सञ्चालनमा आएको यो विमानस्थलमा कुनै धावनमार्ग छैन ।

यहाँ आउने विमान समुद्रको पानी छोएर तटमा ल्यान्ड हुन्छ । यस अर्थमा यो विमानस्थलको धावनमार्ग भन्नु नै समुद्रको छिपछिपे किनारा हो । 

एटलान्टिक महासागरको तटमा अवस्थित यो विमानस्थल धावनमार्ग नभएको दुनियाँको एक मात्र विमानस्थल हो । यहाँ २० सिटे साना विमान मात्र ल्यान्ड हुन्छन् । हरेक दिन स्कटिस एयरलाइन्सका दुई विमानले यहाँ उडान भर्छन् । 

उच्च ज्वार आउने समयमा यहाँ हाई अलर्ट जारी गरिन्छ, र उडान अवतरण बन्द गरिन्छ । अरु समय अन्य विमानस्थलमा जस्तै सजिलै विमान अवतरण हुन्छन् । 





  • प्रकाशित मिति : साउन ७, २०७६ मंगलबार २०:२५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया