दुई महिनापछि अभिषेकको फोटो सेयर गर्दै ऐश्वर्या सामाजिक सन्जालमा

एजेन्सी– बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले अघिल्लो मेमा इन्स्टाग्राममा आफ्नो एकाउन्ट पहिलो पटक बनाएकी थिइन् । त्यसपछि उनले केही समय सक्रिय रुपमा यसमा बिताइन् । 

सामाजिक सन्जालमा नै उनले परिवारका साथ आफ्नी छोरीको जन्मदिन मनाएका तस्वीरहरु सेयर पनि गरिन् । तर, पछिल्ला दुई महिना उनी फेरि सामाजिक सन्जालबाट हराइन् । ७० लाखभन्दा धेरै फलोअर भएकी यी अभिनेत्री हराएपछि उनले इन्स्टाग्राम छोडेको धेरैले अनुमान गरे । 

तर, पछिल्लो समय फेरि उनी सामाजिक सन्जालमा देखिएकी छिन् । दुई महिनापछि उनी इन्स्टाग्राममा आफ्ना पति अभिषेकको फोटोसहित झुल्किएकी हुन् । यसले उनका प्रशंसकलाई खुसी बनाएको अनुमान किन गर्न सकिन्छ भने उनीहरुले त्यो पोस्टमा निकै धेरै कमेन्ट गरेका छन् ।





  • प्रकाशित मिति : साउन ८, २०७६ बुधबार १३:२९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया