संसद बैठक बस्दै, बाढी पहिरोबारे छलफल हुने

काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी संसदको अवरोध खुलाउन तयार भएका छन् । 

कांग्रेस राजपाले बुधबार संसदमा बाढी पहिरोसम्बन्धी विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पनि दर्ता गराएका छन् । 

योसँगै केही समययता अवरुद्ध हुँदै आएको संसद बैठक बुधबार बस्ने भएको छ ।

बुधबार यो जरुरी सार्वजनिक महत्वको विषयमा छलफल हुने र गृहमन्त्री रामबहादुर थापा बादलले त्यसका जवाफ दिने सहमति दलहरुबीच भएको हो । 

यसअघि सर्लाही घटनाको विषयमा सरकार गम्भीर नभएको भन्दै कांग्रेस र राजपाले संसद अवरुद्ध हुँदै आएको थियो ।

कांग्रेस र राजपाका सांसद्हरुले सार्वजनिक महत्वको विषयमा छलफल पछि पनि सदन चलिरहन दिनु पर्ने माग सत्तारुढ दलका सांसद्को छ । तर, यसबारे कांग्रेस र राजपाले केही बताएका छैनन् । 



संसद बैठक साढे दुई बजेका लागि तय गरिएको छ ।



  • प्रकाशित मिति : साउन ८, २०७६ बुधबार १३:४७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया