आधिकारिक ट्रेड युनियन खारेज नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– सरकारले ट्रेड युनियन खारेज गर्न लागेको भन्ने चर्चा बाहिरिएसँगै यसबारे बुझ्न गएका ट्रेड युनियनका पदाधिकारीसँग प्रधानमन्त्री केपी ओलीले  कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज नहुने प्रस्ट पारेका छन् । 

पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारलाई असफल बनाउन ट्रेड युनियन खारेज गर्न लाग्यो भनेर भ्रम फिँजाइएको आरोप लगाए । 

आधिकारिक ट्रेड युनियनका पदाधिकारी बुधबार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गर्न बालुवाटार पुगेका थिए । सो  भेटमा प्रधानमन्त्रीले भने, ‘कुनै भ्रममा नपर्न आग्रह गर्न चाहन्छु, सरकारको कुनै त्यस्तो दृष्टिकोण छैन, हुँदैन ।’

कर्मचारीको सहयोगविना सरकार एक्लैले केही गर्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘कमी कमजोरी होला, तर सहयोग गरेकै छैन भन्ने होइन ।’ सरकारलाई कर्मचारीलाई सहयोग गरेको छैन भन्ने नलागेको उनले बताए ।

माग पेश गर्नुभन्दा पहिले आन्दोलनको कुरा नगर्न आग्रह गर्दै उनले कर्मचारीको उपयुक्त माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

युनियनले प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको तहगत प्रणालीअनुसार सेवा सुविधाका लागि बजेटको व्यवस्था गर्न माग गरेको छ । युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले स्थानीय तहमा जाने कर्मचारी अलपत्र परेकाले त्यसको समाधानका लागि प्रधानमन्त्रीलाई आग्रह गरे । 





  • प्रकाशित मिति : साउन ८, २०७६ बुधबार १५:१९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया