Sat, 24 Aug, 2019


रामेछापको साँघुटारमा आगलागी
फरकधार / साउन ९, २०७६
साङ्केतिक तस्वीर

रामेछाप– रामेछाप नगरपालिकाको साँघुटार बजारमा आगलागी भएको छ । आगलागीबाट बजारमा केही घरहरुमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएअनुसार आगोबाट ५ घर जलेका छन् । तीमध्ये एउटा पक्की घर, एउटा ट्रष्टबाट बनेको घर र तीन झुप्रा रहेको बताइएको छ ।



बिहिबार विहान लागेको आगो दुई घन्टापछि नियन्त्रणमा आएको थियो । करेन्ट सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्