पूर्वमन्त्री सिंहको निधन

सप्तरी– पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको शुक्रबार बिहान निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उनको शुक्रबार बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो ।

विसं १९८९ असोजमा जन्मिएका सिंहउच्च रक्तचापबाट पीडित थिए । ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्री बनेको उनका छोरा सुमनप्रसाद सिंहले जानकारी दिए ।

मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताइरहेका थिए । उनका दुई छोरा र छोरी छन् ।

उनका जेठा छाेरा डा. रमणप्रसाद सिंह चिकित्सक र कान्छा छोरा सुमनप्रसाद प्राध्यापक छन् । स्व. सिंहको शुक्रबारै हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिँदै छ ।





  • प्रकाशित मिति : साउन १०, २०७६ शुक्रबार १६:२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया