काठमाडौं– पाकिस्तानी क्रिकेटर मोहम्मद अमिरले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेट करिअरबाट सन्न्यास लिएका छन् । २७ वर्षीय बलर अमिरले शुक्रबार टेस्ट करिअरबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।
२००९ मा श्रीलंकाविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा डेब्यु गरेका अमिरले ३६ टेस्ट क्रिकेट खेलेका छन् । अमिरले ३६ टेस्ट खेलमा १ सय १९ विकेट लिएका छन् ।
उनी पछिल्लोपटक जनवरीमा दक्षिण अफ्रिकासँगको टेस्टमा सहभागी थिए । आफू अर्को वर्ष हुने टी–ट्वान्टी विश्वकपको चुनौतीका लागि शारीरिक रुपमा तन्दुरुस्त हुन लागिरहेको उनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।