पारसको अर्धशतक, कुवेतविरुद्ध नेपालको जित

काठमाडौं– आइसिसी टी–२० एसिया छनोट प्रतियोगितामा नेपालले कुवेतविरुद्ध सहज जित निकालेको छ । सिंगापुरमा भएको खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक प्रहार गरे । 

यो एसिया छनोटको फाइनलको तेस्रो खेल हो । अब नेपालले चौथौं खेल पनि जितेमा ऊ विश्व छनोटमा छानिनेछ । 

शनिबार भएको खेलमा चाहिँ नेपालले कुवेतविरुद्ध ७ विकेटको जित निकालेको हो । 

टस जितेर कुवेतलाई फिल्डिङको निम्तो दिएको नेपालले १५ ओभर ५ बलमा १४३ रन बनाएको हो । खेलमा पारसले ६८ रन बनाए । उनले ४२ बलमा ११ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, नेपालका लागि शरद भेषवाकरको ३८ र ज्ञानेन्द्र मल्लको १९ रनको योगदान रह्यो । रोहित पौड्यालले चाहिँ ६ रन बनाए ।

कुवेतका बलर मोहम्मद कासिफ एक्लैले तीन विकेट लिए । 

यसअघि २० ओभरमा ९ विकेट गुमाएर कुवेतले १४१ रन जोडेको थियो । 



बलिङमा नेपालका सन्दीप लामिछाने र वसन्त रेग्मीले ३–३ विकेट लिएका थिए । करण केसी र अविनास बोहोराले क्रमशः दुई र एक विकेट लिएका थिए ।

नेपालले विश्व छनोटमा खेल्नका लागि आइतबार सिंगापुरविरुद्ध खेल खेल्दैछ ।



  • प्रकाशित मिति : साउन ११, २०७६ शनिबार १०:२८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया