समाजसेवी जनप्रतिनिधि, सम्पूर्ण तलब सामाजिक सेवामा

नवलपरासी– नवलपरासीपूर्व नवलपुरको गैँडाकोट नगरपालिकाका एक वडाध्यक्षले आफ्नो तलब सामाजिक क्षेत्रमा सहयोग गरेका छन् । गैँडाकोट नगरपालिका–१६ का वडाध्यक्ष गोवर्द्धन ज्ञवालीले आफूले एक वर्षमा तलबबापत प्राप्त गरेको एक लाख २० हजार विभिन्न सामाजिक क्षेत्रमा सहयोग गरेका हुन् । 

वडाध्यक्ष ज्ञवालीले गैँडाकोट–१७ स्थित अमर ज्योति माविलाई ४५ हजार बराबरको एक थान कम्प्युटर उपलब्ध गराएका छन् । उनले अमरापुरी स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापनाका लागि ४० हजार सहयोग गरेका छन् । सो बर्थिङ सेन्टरको आमा समूहकी अध्यक्ष लक्ष्मी सापकोटालाई उक्त रकम हस्तान्तरण गरिएको हो ।  

जनताको करबाट संकलन गरेको रकम जनताकै लागि खर्च गरेको ज्ञवालीले बताए । गत वर्षको तलबसमेत आफूले विभिन्न सामाजिक कार्यमा नै खर्च गरेको उनले बताए । आगामी दिनमा समेत आफूले प्राप्त गर्ने आफ्नो तलब सामाजिक कार्यमा खर्च गर्ने ज्ञवालीको भनाइ छ ।  





  • प्रकाशित मिति : साउन ११, २०७६ शनिबार १७:४९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया