हङकङमा दशाैँ हजारकाे प्रदर्शन, ‘अवैध’ प्रदर्शन दबाउन प्रहरीले चलायो अश्रुग्यास

हङकङ– गत साता प्रदर्शनकारीहरुमाथि हतियारधारी समूहले गरेको आक्रमणको बिरोधमा आज हङकङमा दशौँ हजारले प्रदर्शन गरे । ‘अवैध’ प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । 

आक्रमणकारी हतियारधारीसँग प्रहरीको भित्र–भित्रै मिलेमतो रहेको प्रदर्शनकारीको आरोप छ । प्रहरीले भने आरोप अस्वीकार गर्दै आएको छ ।

हङकङले सात हप्तादेखि विभिन्न मुद्दामा प्रदर्शन झेल्दै आएको छ । यसअघि, हङकङमा रहेका अभियुक्तलाई अनुसन्धानका लागि चीन सुपुर्दगी गर्न सकिने विधेयकको विरोधमा यहाँ हप्तौँसम्म प्रदर्शन चर्किएको थियो । प्रदर्शन नियन्त्रणबाहिर गएपछि यहाँको प्रशासनले सो विधेयक निलम्बन गरेको थियो । 

शनिबारको प्रदर्शन प्रहरीले लगाएको बन्देजका बीच भएको थियो । हङकङमा निःशस्त्र प्रदर्शनमा बन्देज लगाइएको यो दुर्लभ घटना हो । प्रदर्शनकारी र स्थानीय बासिन्दाबीच हिंसात्मक द्वन्द्वको खतरा देखिएको भन्दै प्रहरीले शनिबार प्रदर्शनका लागि अनुमति दिएको थिएन । 






  • प्रकाशित मिति : साउन ११, २०७६ शनिबार १८:४२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया