Thu, 21 Nov, 2019


इरानमाथि अमेरिकी प्रतिबन्ध, के असर पर्दै छ विश्व तेल बजारमा ?
फरकधार / साउन ११, २०७६

एजेन्सी– अमेरिका र इरानबीच पछिल्लो समय तनाव झन्झन् बढिरहेको छ । यसले विश्वको तेल बजारमा ठूलो असर गर्ने अनुमान गरिएको थियो । तर, त्यही अनुमानअनुसार अहिले विश्व तेल बजारमा कुनै प्रभाव देखिएको छैन । 



पछिल्लो केही समय यी दुई देशबीचको सम्बन्ध तिक्ततापूर्ण रह्यो । खासमा जब तेल ट्याङ्करमाथि आक्रमण भयो, तब अमेरिकाले इरानलाई दोषी ठहर्यायो । 

यो घटनापछि विश्व तेल बजारमा तेल आपूर्ति केही समयका समस्यामा धकेलिएको थियो । तेलको मूल्य पनि २ प्रतिशतभन्दा बढी भएको थियो । तर, यो समस्या लामो समय रहेन । 

यस्तो किन भने व्यापारी, लगानीकर्ता तथा उपभोक्ताले बढी ध्यान कमजोर बन्दै गएको अर्थतन्त्रलाई दिए, तेलको मूल्यलाई होइन ।

यता एशियाले अमेरिकी गतिविधिमाथि विशेष नजरले हेरेको थियो, जसका नीतिका कारण विश्वमा तेलको माग निर्भर हुन्छ । उता, अप्रिलको अन्त्यतिर अमेरिकाले विश्वमा इरानबाट तेल निर्यात कम गराउने प्रयास गरिरहेको थियो ।

अब एशियाली देशको अर्थतन्त्र अहिले इरान र अमेरिकाको तनाव कसरी अगाडि बढ्छ भन्ने कुराले निर्धारण गर्ने हुन्छ । किनकि पछिल्लो समय तेल ट्याङ्करमाथि गर्ने आक्रमणमा जापानी एक ट्याङ्करमाथि पनि आक्रमण भएको छ । त्यसपछि इरान भ्रमणमा पुगे, जापानी प्रधानमन्त्री सिन्जो अबे । उनले त्यहाँ पुगेर इरानका राष्ट्रपति हसन रुहानीलाई पनि भेटे । 

तर, यसले पनि अमेरिका र इरानबीचको बढ्दो तनावलाई मत्थर गर्न सकेन । जापानी प्रधानमन्त्रीले राखेका प्रस्तावलाई हसन रुहानीले सोझै अस्वीकार गरिदिए । यसले के प्रष्ट पार्यो भने अमेरिका र इरानबीचको मध्यस्थता अरु कुनै देशले गर्न सक्ने भएनन् ।

उता, अमेरिका र इरानबीचको तनाव अझ बढाउने प्रतिवेदन सार्वजनिक भयो । यो खासमा प्रतिवेदनभन्दा पनि संयुक्त राष्ट्र संघका एक अधिकारीको खुलासा थियो । उनले अमेरिकाले इरानी परमाणु संयन्त्रमाथि रणनीतिक कारवाहीको योजना बनाइरहेको खुलासा गरेका थिए ।

यतिमात्र होइन, खुलासा भएको जानकारीबाट के पनि थाहा भयो भने अमेरिकी संसदमा सैन्य कारवाहीको समर्थन गरिँदै छ । 

अमेरिकाले २२ अप्रिलमा भारत, दक्षिण कोरिया, चीन तथा जापानलगायतका देशलाई इरानबाट तेल आयात गर्दा उसले दिइरहेको छुट अन्त्य गर्ने घोषणा गरेको छ । मेमा यो छुटको समयावधी सकिएपछि एसियाको अर्थतन्त्रमा समस्या देखिन थालेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग एकतर्फी परमाणु सम्झौता तोड्नुभन्दा पहिले अप्रिल २०१८ सम्म इरानबाट प्रत्येक दिन २८.७ लाख ब्यारेल कच्चा तेल निर्यात हुन्थ्यो । सेप्टेम्बर अन्त्यसम्म आइपुग्दा यो तथ्याङ्क १९ लाख ब्यारेलमा पुगेको थियो । यो वर्ष अप्रिलमा यो १० ब्यारेलमा सिमित भयो ।

इरानबाट तेल निर्यातमा कमी आउँदा युरोपेली देशमा साउदी अरब तथा इराक र चीनमा रुसबाट आयात भइरहेको तेल बढाउन थालियो । 

एकातिर इरानबाट तेल आपूर्ति कम हुँदै गएको थियो भने अर्कोतिर अमेरिकी उत्पादन विस्तारै बढ्दै थियो । अमेरिकी तेल उत्पादन मेको अन्त्यसम्म १०४ लाख ब्यारेल प्रति दिन थियो । अहिले अमेरिकी उत्पादन प्रत्येक दिन १२१ लाख ब्यारेल पुगेको छ ।

अमेरिकी तेलको हजारौँ ब्यारेल तेल युरोपमा पुगिरहेको छ भने चीनले पनि अब अमेरिकी तेल आयात गर्न सुरु गरिसकेको छ । 

यसअघि विश्वभर तेल निर्यातमा इरानको ४५ प्रतिशत आधिपत्य थियो । अब यो आधिपत्य निकै कमजोर भइसकेको छ ।

विश्वमा सबैभन्दा धेरै तेल आयात गर्नेमा चार देश एशियाका हुन् । चीन, भारत, जापान र उत्तर कोरियाले सबैभन्दा धेरै तेल आयात गरिरहेका छन् । चीन तथा भारतजस्ता बजारमा तेलको जरुरत तथा मागको उतार चढाव भइरहेको छ । झन् पछिल्लो समय भारत तथा चीनका कम्पनीहरुले तेल जम्मा गरेर राख्न थालेका छन् । यसले अप्रिलमा मात्र चीनमा प्रत्येक दिन १०६ लाख ब्यारेल तेल आयात भएको थियो । 

तर, केही समयअघिको यो माग अब घट्न थालेको छ । अनि बजारमा मन्दी देखिने संकृत बढेको छ । इन्टरनेसनल इनर्जी एजेन्सीले आफ्नो वार्षिक मागको वृद्धिको अनुमान १२ लाख ब्यारेल प्रतिदिन बताएो छ जुन पहिले कम्तिमा पनि १६ लाख थियो ।

यसको कारणमा अमेरिका–चीन व्यापार युद्धलाई पनि लिइएको छ । अब त विस्तारै एशियाली देशहरुमा तेलको निर्यात तथा मागमा गिरावट आउन थालेको छ । दक्षिण कोरियामा यो बिक्री ९.४ प्रतिशत र जापानमा ७.८ प्रतिशतले घटेको मानिएको छ । चीनमा पनि आयातमा ८.५ प्रतिशतले कमी आएको छ । 

अमेरिकाले २५० अर्ब डलर चिनियाँ निर्यातमा २५ प्रतिशत ट्यारिफ लगाएको थियो । फेरि चीनले पनि अमेरिकालाई त्यही जवाफ दियो । 

यसले गर्दा ऋणको मात्रा निकै ठूलो उचाइँमा पुग्यो । मेमा निर्यातको सकारात्मक तथ्याङ्क आए पनि विश्व बजारमा उत्पादन तथा सम्बन्धित सूचकांक जुनदेखि नकारात्मक भइरहेका छन् । 

तर, यी सब कुराका बाबजुद पनि इरान र अमेरिकाबीच तनाव कम भएको छैन ।

बरु विश्वका शक्ति राष्ट्रबीच विभिन्न तालमेल देखिन थालेका छन् । सुरुमा चीनले अमेरिकी प्रतिबन्धलाई कमजोर बनाउने नीति लिएको थियो । तर, यो नीति उसले लामो समयसम्म लिएन । मेमा त चीनले इरानबाट एलपिजीको खरिदलाई ८० प्रतिशत कम गर्यो । 

जापानले पनि इरानबाट हुने आयातमा ३ प्रतिशतले कमी ल्यायो । अमेरिकासँग चलेको लामो समयको सुरक्षा सम्बन्धि विवादका कारण पनि उसले अब इरानबाट गर्ने आयातलाई कमी गर्ने नै नीति अख्तियार गरेको छ । बरु उसले अरु मध्यपूर्वका देशहरुबाट तेल आयात गर्ने सम्भावना बढाएको छ । त्यसमाथि जापानमा त तेलको जरुरतलाई घटाउँदै लैजाने नीति पनि बनाइएको छ । 

अर्को एशियाली देश दक्षिण कोरियाले पनि इरानबाट तेल आयात गर्ने क्रमलाई निकै कम गरिसकेको छ । पछिल्लो तथ्याङ्कअनुसार अब दक्षिण कोरियाले इरानबाट २ लाख ८५ हजार ब्यारेल प्रति दिन आयात गर्दै १२ प्रतिशत कमी ल्याएको छ । उसले मेमा त आयातमा पूरै रोक लगाएको थियो । त्यसपछि साउदी अरब, कतार तथा अमेरिकाले उसको आवश्यकता पूरा गरिदिएका थिए ।

सुरुवाती चरणमा चाहिँ भारतले इरानमाथि लागेको प्रतिबन्धको विरोध गर्ला कि भन्ने अनुमान गरिएको थियो । तर, अमेरिकाले गरेको निर्णयको एक महिना नै नबित्दै उसले इरानबाट तेल आयात बन्द गर्ने फैसला गर्यो । 

विश्व बजारमा चलेका यी सब कारणका कारण पछिल्लो समय तेलको मूल्य बढिरहेको छ । तर, तेलको मागमा कमी पनि आउन थालेको छ । खाडी मुलुकमा भएको सैन्य संघर्षको स्थितिका कारण एशियाको अर्थतन्त्रलाई प्रभाव परिरहेको छ । र, अब त तेलको मूल्य कति बढ्ने हो भन्नेमा अनुमान पनि कम हुन थालेका छन् ।

यसले गर्दा बीमाको दर आकाशिएको छ भने विश्वको अर्थतन्त्रको बजारमा अझै जोखिम हुँदै गएको छ । 

यसले अब विश्व बजार पूरै नकारात्मक हुने संकेत गरेको छ । 

जे होस्, अन्तिममा के निष्कर्षमा पुग्न सकिन्छ भने अमेरिकी सैनिक जसरी खाडीमा बढिरहेका छन्, त्यसले अब विश्वकै अर्थतन्त्र थप धराशयी बन्दै जाने छ र थप संकट उत्पन्न हुनेछ । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्