नेपालकाे 'विश्वकप यात्रा' टुङ्गियाे

काठमाडाैं– सिङ्गापुरले दिएकाे १९२ रनकाे लक्ष्य नभेट्दा नेपालकाे विश्वकप यात्रा टुङ्गिएकाे छ । टि २० एसिया छनाेटकाे अन्तिम खेलमा नेपाल सिङ्गापुरसँग हारेसँगै अब नेपालले ग्लाेबल छनाेट खेल्न नपाउने भएकाे हाे । 

आइतबार भएकाे खेलमा सिङ्गापुरले नेपाललाई ८२ रनकाे फराकिलाे अन्तरले हरायाे । नेपालले १५ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १०९ रनमात्र जाेड्न सक्याे । 

खेलमा सुरुवातबाट नै नेपालले राम्राे प्रदर्शन गर्न सकेन । नेपालका कप्तान पारस खड्का १२ रनमा आउट भए । ज्ञानेन्द्र मल्लले ३९ रनकाे याेगदान दिए ।

त्यसपछि नेपालले राम्राे प्रदर्शन गर्न सकेन । दिपेन्द्र सिंह ऐरीले २३ रन र साेमपाल कामीले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दाेहाेराे अंक जाेड्न सकेनन् । 

यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको हो । यो विशाल लक्ष्य भेट्ट्याउन नेपालका ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर अहिले क्रिजमा छन् । 

सिंगापुरका लागि टिम डेभिड एक्लैले ७७ रनको योगदान दिएका थिए । नेपालका अविनास बोहोराले चार विकेट र करण केसीले २ विकेट लिएका थिए ।





  • प्रकाशित मिति : साउन १२, २०७६ आइतबार १०:१८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया