सिभिल बैंकले नेपाल प्रहरीलाई दियो ११५ थान ज्याकेट

काठमाडौं– सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा नेपाल प्रहरीको विद्यालय सम्पर्क प्रहरी टोलीलाई ज्याकेट प्रदान गरेको छ ।

आज एक कार्यक्रमबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले महानगरीय प्रहरी परिसर, सामुदायिक शाखा काठमाडौंका प्रमुख डिएसपी राजेन्द्र पोखरेललाई ११५ थान ज्याकेट हस्तान्तरण गरे ।

नेपाल प्रहरीले समाजमा हुने विभिन्न अपराध न्यूनीकरणका लागि सामुदायिक स्तरमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ र सोही कार्यक्रमअन्तर्गत विभिन्न विद्यालय क्षेत्रहरुमा सञ्चालन हुने जनचेतनामूलक कार्यक्रमहरुका लागि विद्यालय सम्पर्क प्रहरी टोलीलाई सिभिल बैंकले सो सहयोग गरेको हो । 





  • प्रकाशित मिति : साउन १३, २०७६ साेमबार १६:१२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया