नेप्सेमा तीन अंकको सुधार

काठमाडौं– साताको दोस्रो दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्जमा तीन अंकको सुधार आएको छ  । साेमबार नेप्से ३.१८ अंकले बढेर १ हजार २ सय ५५.९८ अंकमा पुगेको हो । नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स पनि १.०८ अंकले बढेर २ सय ७१.११ अंकमा पुगेको छ  ।

सेयर बजारमा सुधार आएको दिन १ सय ६६ कम्पनीका १२ लाख ८ हजार ३ सय ४२ कित्ता सेयर ३५ करोड ८ लाख १२ हजार ५ सय ७२ रुपैयाँमा कारोबार भए । 
साेमबार बजारमा कारोबारमा आएका ११ वटा समूहगत उपसूचकमध्ये आठ समूह उकालो लागेका छन् भने तीन समूह ओरालो लागेका छन् । जसमध्ये माइक्रो फाइनान्स समूह सर्वाधिक २३.४ अंकले उकालो लागेको हो । 

नेप्सेमा सुधार आएको दिन बजारमा युनाइटेड इन्स्योरेन्सको कारोबार सबैभन्दा धेरै भयो । यस दिन कम्पनीको सेयर २ करोड ३८ लाख ६६ हजार ४६ रुपैयाँमा कारोबार भएको हो । यस दिन नेपाल एग्रो लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यस दिन कम्पनीको सेयर १० प्रतिशतले बढेको हो । त्यसैगरी, जोशी हाइड्राे पावरका लगानीकर्ताले सर्वाधिक ३.८४ प्रतिशत सेयर मूल्य गुमाए । 





  • प्रकाशित मिति : साउन १३, २०७६ साेमबार १६:४५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया