घुस्याहा कर्मचारी संरक्षण गरेको प्रमाण दिए झुन्डिन तयार छु– मन्त्री अर्याल

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आफ्नो मन्त्रालय मातहतका सबै निकायमा सुशासन कायम गराउन लागिपरेको दाबी गर्दै घुस खाने कर्मचारीलाई आफ्नो मन्त्रालय र विभागबाट कुनै संरक्षण नहुने वाचा गरेकी छिन् । 

आज काठमाडौंको साँखुमा आधुनिक सुविधायुक्त मालपोत कार्यालय सेवाको शुभारम्भ गर्दै मन्त्री अर्यालले मन्त्री अर्यालले आफ्नो मन्त्रालय र विभागबाट घुस खाने कर्मचारीलाई कुनै संरक्षण गरेको प्रमाण दिए आफू फाँसीमा झुन्डिन तयार रहेकोसमेत बताइन् । 

सेवाग्राहीले काम छिटो गर्ने नाममा कर्मचारीलाई घुस्याहा बनाएकाले सुशासन कायम गर्न आफूलाई अप्ठयारो परिरहेको गुनासो गरेकी मन्त्री अर्यालले कर्मचारीलाई घुस नदिने संकल्प गर्न सेवाग्राहीलाई अपिल गरिन् । कसैले पनि घुस नदिए, नलिए कार्यालयमा आफैँ सुशासन कायम हुने उनले सुझाइन् । 

मालपोत तथा नापी कार्यालयमा सबैभन्दा बढी विकृति भित्रिएकाले त्यसलाई अन्त्य गर्न सरकारले प्रविधिमा जोड दिएको उनले प्रस्ट्याइन् । 





  • प्रकाशित मिति : साउन १३, २०७६ साेमबार १८:१९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया