११ जिल्लाका सिडिओ सरुवा

काठमाडौं– गृहमन्त्रालयले ११ जिल्लाका सिडिओ तथा अन्य २५ जनाको सरुवा र पदस्थापनक गरेको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत सुनसरी सरुवा भएका छन् । अब सर्लाहीमा मोहनबहादुर जिसीलाई कामु सिडिओको जिम्मेवारी दिइएको छ । 

दैलेख, सोलुखुम्बु, तेह्रथुम, म्याग्दी, पूर्वी रुकुममा क्रमशः युवराज कट्टेल, वेधनिधि खनाल, चन्द्रकला ओली, ज्ञाननाथ ढकाल र वेधनिधि अधिकारीलाई सिडिओ बनाइएको छ । प्युठानमा कृष्णप्रसाद पन्थ, कालिकोटमा कृष्णचन्द्र पौडेल, मनाङमा पुष्पराज पौडेल, ताप्लेजुङमा डोलेन्द्र निरौला सिडिओ बनेका छन् ।

गृहले अध्यागमन विभागमा लिलाधर अधिकारी, केन्द्रीय कारागार सुन्धारामा लक्ष्मीप्रसाद बास्कोटा र राष्ट्रिय परीचयपत्र तथा पञ्जीकरण विभागमा शम्भुप्रसाद रेग्मीलाई पठाएको छ । 





  • प्रकाशित मिति : साउन १४, २०७६ मंगलबार ८:३०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया