एजेन्सी– बलिउड अभिनेत्री अनुष्का शर्माले पछिल्लो पटक शाहरुख खानको फिल्म ‘जिरो’मा काम गरेकी थिइन् । त्यसपछि उनले कुनै पनि फिल्म साइन गरेकी छैनन् । न त उनले कुनै आफ्नो प्रोजेक्टको घोषणा नै गरेकी छिन् । बरु उनी त छुट्टी मनाइरहेकी छिन्, पति तथा क्रिकेटर विराट कोहलीसँग विभिन्न ठाउँ पुगिरहेकी छिन् । त्यसैले बलिउडमा चर्चा हुन थालेको छ, अनुष्का गर्भवती छिन् ।
तर, भारतीय पत्रिका फिल्मफेयरका लागि दिएको एक अन्तर्वार्तामा अनुष्काले भनेकीछिन्, ‘एउटा अभिनेत्रीको विवाह हुन्छ अनि मानिसहरु तत्काल के ऊ गर्भवती छे भनेर सोध्न थाल्छन् । कोही अभिनेत्री कुनै डेटमा छ भने उसलाई सोध्न थालिन्छ– विवाह कहिले ?’ उनले यस्ता गुनासा गर्दै सेलेब्रिटीहरुलाई पनि उनीहरुको पर्सनल जीवन हुने र त्यसलाई चर्र्चामा ल्याउन नहुने बताएकी छिन् । उनले आफूले यस विषयमा बोल्न नचाहेको पनि बताएकी छिन् ।
उनले यसले आफू गर्भवती भएको हल्लाको विराम लाग्ने पनि अपेक्षा लिएको बताएकी छिन् । तर, उनले अन्तर्वार्तामा आफ्नो अर्को फिल्म कुन हुनेछ भन्नेबारे केही बताएकी छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।