कांग्रेसको नेतृत्व परिवर्तनको पक्षमा शशांक

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा रहेको बताएका छन् ।  

बुधबार कोइरालानिकट नेविसंघ कार्यकर्ताले अनामनगरमा आयोजना गरेको सामूहिक खिर खुवाउने कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसको १४औँ महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताएका हुन् । कोइरालाले आगामी महाधिवेशनमा सभापति दउवाको निरन्तरताका पक्षमा आफू नरहेको संकेत गरे । 

कांग्रेसभित्रकै संस्थापनइतर समूहले कोइरालालाई सभापति देउवासँग निकट रहेको आरोप लगाइरहेका वेला उनको यस्तो अभिव्यक्ति आएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल तथा तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलालगायत नेताहरूले केही मुद्दामा पार्टी सभापति शेरबहादुर देउवासँग असहमति राख्दै केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए । तर, महामन्त्री कोइरालाले बैठक बहिष्कार नगरेका कारण पनि उनलाई देउवानिकटको आरोप लागेको थियो ।

त्यसो त १३औँ महाधिवेशनमा कोइराला रामचन्द्र पौडेलको समूहबाट निर्वानमा लडेका थिए । तर, कोइराला देउवा पक्षको पनि समर्थन पाएका कारण महामन्त्रीमा विजयी बनेको चर्चा कांग्रेसवृत्तमा सुनिँदै आएको छ । देउवा पक्षबाट महामन्त्रीमा उम्मेदवार बनेका अर्जुननरसिंह केसी सोही कारण सभापतिसँग रुष्ट हुँदै उनको समूह छाडेका छन् । 

महामन्त्री कोइरालाले १४औं महाधिवेशनमा युवा साथीहरुले साथ दिएको खण्डमा आफू सभापतिमा उठ्ने संकेत गरे । 





  • प्रकाशित मिति : साउन १५, २०७६ बुधबार १५:१२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया