भारतमा ‘तीन तलाक’ले पायाे अपराधकाे मान्यता

एजेन्सी– मुसलमान समुदायमा परम्परागत रुपमा मान्यता पाउँदै आएको ‘तीन तलाक’लाई अब भारतले अपराधका रूपमा स्वीकार गरेको छ । अझै पनि धेरैजसो मुस्लिम राष्ट्रमा पुरुषले आफ्नी श्रीमतीलाई तीनपटक तलाक भनेपछि त्यसले सम्बन्धविच्छेदको मान्यता पाउने गरेको छ ।

भारतको माथिल्लो सदन राज्यसभाले मंगलबार सोसम्बन्धी कानुन पारित गरेपछि भारतमा तीन तलाक अपराध भएको छ । पारित कानुनअनुसार भारतमा अब कुनै पुरुषले तीनपटक तलाक भनेर सम्बन्धविच्छेद गरेमा उसलाई तीन वर्षसम्मको जेल सजाय हुनेछ ।

‘संसदले ट्रिपल तलाकलाई उन्मूलन गरेर मुस्लिम महिलामाथि भएको ऐतिहासिक गल्तीलाई  सच्याएको छ,’ विधेयक पारित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, ‘यो लैंगिक न्यायको जित हो, यसले समाजमा समानता बढाउनेछ।’

यसअघि भारतको सर्वोच्च अदालतले सन् २०१७ मा तीन तलाकलाई असंवैधानिक भएको फैसला गरेको थियो । यसअघि अन्य मुस्लिम राष्ट्रझैँ भारतमा मुस्लिम समुदायका पुरूषले श्रीमतीलाई  लेखेर, बोलेर, फोन गरेर, इमेल गरेर वा सामाजिक सञ्जालमा सन्देश लेखेर तीनपटक तलाक भनेपछि त्यसले सम्बन्धविच्छेदको मान्यता पाउने गरेको थियो । 

केही मुस्लिम संघ–संस्थाले भने भारतमा पारित नयाँ कानुनको विरोध गरेका छन् । 





  • प्रकाशित मिति : साउन १५, २०७६ बुधबार १५:४०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया