काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्चपदस्थ व्यक्तिहरू सहभागी थिए ।
शपथग्रहण गर्न भट्टराई दौरा–सुरुवालमा ठाँटिएर राष्ट्रपतिनिवास पुगेका थिए ।
गत फागुनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सो मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा रहेको थियो ।
भट्टराईलाई प्रधानमन्त्री ओलीले बुधबार दिउँसो पर्यटनमन्त्रीमा नियुक्त गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।