काठमाडौं– सरकारले चालू आर्थिक वर्षका लागि घोषित बजेटमा युवालाई नेपालमै रोजगारी दिने घोषणा गरेको थियो । सो योजनाअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको थियो ।
जसअन्तर्गत हालसम्म ५ सय ९९ स्थानीय तहले ६ हजार ८ सय ६४ सामुदायिक आयोजनामा १ लाख ७५ हजार ९ सय ९ जनालाई रोजगारी दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दाबी गरेको छ ।
सोकार्यक्रममा सहभागी मजदुरहरुले २२ लाख २२ हजार २ सय ६९ दिनको रोजगारी पाएको मन्त्रालयले जानकारी गराएको छ । औसतमा एकजनाले १३ दिनको रोजगारी पाएको मन्त्रालयले जनाएको छ ।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम भन्दै युवाहरूलाई झार उखेल्ने, मकै गोड्ने, बाटो सफा गर्नेलगायत काम लगाएर राज्यको ढुकुटी मात्रै दोहन गरेको भन्दै आलोचना खेप्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।