चार्ज गरिरहेको मोबाइलमा गेम खेल्दा करेन्ट लागेर बालकको मृत्यु

विराटनगर– बिहीबार मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको बिहीबार बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : साउन १६, २०७६ बिहीबार १६:०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया