योगेशलाई मन्त्री बनाउन किन बाध्य भए प्रधानमन्त्री ? रामकुमारीले खाेलिन् राज

काठमाडौं–  नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भएपछि उनलाई सत्तारूढ दलका नेता–कार्यकर्ता मात्रै हाेइन, विपक्षी दलका नेता–कार्यकर्ताले पनि शुभकामना दिइरहेका छन् ।

नेकपाकै नेतृ रामकुमारी झाँक्रीले पनि भट्टराईलाई शुभकामना दिएकी छिन् । तर, झाँक्रीकाे शुभकामना अन्यकाे भन्दा फरक खालकाे छ । उनले केपी ओली नेतृत्वको सरकार आफ्नै कारण अलोकप्रिय भइरहेकाे र भट्टराईलाई मन्त्री पद थमाउन बाध्य भएकाे संकेत गरेकी छिन् । 

सामाजिक सञ्जालमा झाँक्रीले लेखेकी छिन्– आफ्नै कारण अठ्यारोमा परेकोले केही मुठ्ठी खुकुलो बनाउनुपर्यो । जसका कारण योगेश दाइलाई मन्त्री बनाइयो । सरकार अलोकप्रियताको भुंग्रोमा छ । दाइ त्यही भुंग्रोमा पर्नुभयो अहिले । मेरो आमा भन्नुहुन्थ्यो– जुन भुंग्रोमा परे पनि निस्कनुपर्छ । हो, योगेश भट्टराई भुंग्रोबाट निस्कनुपर्छ, हार्दिक बधाइ अनि शुभकामना !

उनको पोस्टमा ६ घण्टामा एक हजार चार सयले रियाक्ट र झण्डै चार सयले कमेन्ट गरेका छन् भने ४५ जनाले उनको पोस्ट सेयर गरेका छन् । 





  • प्रकाशित मिति : साउन १६, २०७६ बिहीबार १६:१९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया