समाजवादी पार्टीका नेतामाथि गोली प्रहार

कपिलवस्तु– कपिलवस्तुमा समाजवादी पार्टीका स्थानीय नेतामाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।

सो पार्टीको शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि बिहीबार दिउँसो अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

वडा नम्बर ५ घर भएका यादव तौलिहवा गइरहेको वेला वडा नम्बर ३ सुसरिया पुलनजिक उनीमाथि गोली प्रहार भएको हो ।  मोटरसाइकलमा सवार दुईजनाले गोली हानेर भागेको प्रहरीले जनाएको छ । 

यादवको कुममा गोली लागेको छ ।  उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : साउन १६, २०७६ बिहीबार १७:४५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया