६ वर्षे दक्षिण काेरियाली युट्युबर, जसले अर्ब खर्चेर राजधानीमा किनिन् ५ तले महल

सिओल– ६ वर्षीया दक्षिण कोरियाली बालिका बोरमले आफ्ना दुई युट्युब च्यानलबाट एक वर्षमै ८८ करोड रुपैयाँ कमाएकी छिन् । केही महिनाअघि उनले राजधानी सिओलमा एक अर्बभन्दा बढी खर्चेर पाँचतले महल किनिन् । 

२५८ वर्गमिटर क्षेत्रफलमा बनेको यो महल बोरमको परिवारले चलाएको कम्पनीले प्रयोग गरिरहेको छ । 

बोरमका दुई च्यानलका ३ करोडभन्दा बढी सब्स्क्राइबर छन् । पहिलो च्यानल टोय रिभ्यु (खेलौनाको विश्लेषण गर्ने) च्यानल हो । यसका १ करोड ३६ लाख सब्स्क्राइबर छन् ।

दोस्रो च्यानल भिडियो ब्लगको हो । यसका १ करोड ७९ लाख सब्स्क्राइबर छन् । यसमा बोरम आफ्नो परिवारको दैनिक जीवनचर्याको भिडियो अपलोड गर्छिन् । बोरमका च्यानलहरु दक्षिण कोरियाभर सबैभन्दा ज्यादा मन पराइएको छ । संयुक्त रुपमा यी देशकै सबैभन्दा बढी कमाइ गर्ने च्यानल बनेका छन् । 

उसो त, विश्वभर हेर्ने हो भने युट्युबबाट बोरमले भन्दा निकै बढी कमाउने बालक पनि भेटिन्छन् । फेर्ब्सका अनुसार पछिल्लो वर्ष अमेरिकाका ७ वर्षे रियान काजीले युट्युबबाट २ अर्ब ४३ करोड रुपैयाँ कमाए । युट्युबबाट कुनै बालकले कमाएको यो सबैभन्दा ठूलो रकम हो । रियानको टोयज च्यानलका दुई करोडभन्दा बढी सब्स्क्राइबर छन् । 

युट्युबले बोरमलाई विश्वभर चिनाएको छ । केही युट्युब भिडियोले भने उनलाई समस्यामा पनि पारेका छन् । बोरमको एउटा भिडियोले उनको परिवारलाई अदालतसम्म पुर्यायो ।



सन् २०१७ को उक्त भिडियोमा बोरम बताइरहेकी हुन्छिन् कि उनी कसरी आफ्नो पिताको पर्सबाट पैसा चोर्छिन् । त्यसपछि, उनी कार चलाउने कोसिस गर्छिन् । यो भिडियोलाई लिएर त्यहाँको पारिवारिक अदालतले उनका माता–पितालाई अदालत बोलायो, र बोरमलाई ‘काउन्सेलिङ’ गर्न आदेश दियो । 



  • प्रकाशित मिति : साउन १६, २०७६ बिहीबार १८:१२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया