नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एकको मृत्यु

काठमाडौं– ललितपुरको नख्खु कारागारमा शुक्रबार कैदीबन्दीबीच झडप भएको छ । सो झडपमा गरी एकजना कैदीको मृत्यु भएको छ ।  

झडपमा परेर नख्खु कारगारमा जेल जीवन बिताइरहेका पूर्णबहादुर राजीवको मृत्यु भएको हो । अपराह्न १ बजेको आसपासमा सो झडप भएको प्रहरीले जनाएको छ । 

जबर्जस्ती करणी मुद्दाका दोषी पूर्णबहादुर राजीवमाथि ज्यान मुद्दाका कैदीबन्दीले आक्रमण गरेको ललितपुर प्रहरीले जनाएको छ । पवन नाम गरेका ज्यान मुद्दाका कैदीले राजीवलाई आक्रमणकार गरेर हत्या गरेको बुझिएको छ । 

आक्रमणकारीलाई नियन्त्रणमा लिइएको बताइएको छ । घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीको भनाइ छ ।





  • प्रकाशित मिति : साउन १७, २०७६ शुक्रबार १४:५४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया