सडक खन्ने क्रममा पहाड भासिँदा एक्साभेटर र चालक पुरिए

गोरखा– गोरखाको सिरानचोक गाउँपालिकामा सडक खन्ने क्रममा पहाड भासिँदा एक्साभेटर र त्यसका चालक पुरिएका छन् ।

सिरानचोक गाउँपालिका–१ केराबारीमा एक्साभेटरले बाटो खनिरहेका वेला एक्कासि पहाड भासिएपछि एक्साभेटरसहित चालक पुरिएका हुन् ।  सो एक्साभेटर सिन्धुपाल्चोकको मेलम्ची गाउँपालिका–१३ का अन्दाजी २० वर्षीय रमेश तामाङले चलाएक थिए ।  

पहरो धेरै नै भासिएको र सडकभन्दा करिब ४० मिटर तल एक्साभेटर र चालक पुरिएको हुँदा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

चालकलाई डोजरले चेपेको र हात मात्र देखिएको छ । प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेको प्रहरीको भनाइ छ । 





  • प्रकाशित मिति : साउन १७, २०७६ शुक्रबार १५:७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया