नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कास्मिर समस्या समाधानका लागि भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार आफू तयार रहेको बताएका छन् ।
थाइल्यान्डको बैंककमा भारत र अमेरिकाका विदेश मन्त्रीहरुबीच भेटघाट तय भएको छ । सोही भेटघाटको पूर्वसन्ध्यामा ट्रम्पले भारत–पाकिस्तानबीचको मध्यस्थकर्ताको भूमिका निभाउन तयार रहेको बताएक हुन् ।
तर, त्यसका लागि दुवै देश तयार रहनुपर्ने बताउँदै यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकामा भर पर्ने उनको भनाइ छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणमा रहँदा ट्रम्पले भारत र पाकिस्तानबीच कास्मिर मुद्दामा मध्यस्थताको प्रसंग उठाएका थिए ।
ट्रम्पको भनाइ बाहिरिएसँगै भारतीय संसदमा विपक्षीले सोबारेमा प्रधानमन्त्री मोदीसँग जवाफ माग गरेका थिए । भारतीय संसद्ले ट्रम्को अभिव्यक्ति खारेज गरिदिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।