काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुईजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका– १६ बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा बेहोस भएर शुक्रबार बिहान उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा सप्तरी कनपट्टीका २५ वर्षीय सुरेश साह र सोही ठाउँ घर भएका २० वर्षीय शिवकान्त साह रहेका छन् । ती मजदुर पाइपभित्र फसेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट प्रहरीको टोली उद्धारका लागि खटिएको थियो ।
प्रहरीले उनीहरूलाई बेहोस अवस्थामा फेला पारेको थियो । उपचारका लागि शिक्षण अस्पताल महाराजगन्जतर्फ लैजाँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।