Sun, 18 Aug, 2019


सुनको मूल्यमा नयाँ रेकर्ड
फरकधार / साउन १७, २०७६

काठमाडौं– शुक्रबार सुनको मूल्यमा हालसम्मकै नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार छापावाल सुनको बजार मूल्य प्रतितोला ६५ हजार ८ सय रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।



व्यवसायीका अनुसार शुक्रबारको सुनको मूल्य नपाली सुन व्यवसायको इतिहासमा सबैभन्दा उच्च हो । 

यसअघि सबैभन्दा धेरै प्रतितोला मूल्य ६५ हजार ५ सयसम्म पुगेको थियो । शुक्रबार भने ६५ हजार ८ सयमा कारोबार भयो । 

असार दोस्रो सातादेखि सुनको मूल्य नयाँ कीर्तिमानीका साथ बढ्न थालेको थियो । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्