घाम ताप्नु क्यान्सर, डिप्रेसनबाट बच्नु !

एजेन्सी– जुनसुकै मौसम किन नहोस्, सूर्यको प्रकाशले हाम्रो स्वास्थ्यलाई निकै फाइदा हुन्छ । झन्, जाडो मौसममा त यसको प्रभाव बढी हुन्छ किनकि सूर्यको प्रकाशले नै हाम्रो शरीरलाई आवश्यक तापक्रम उपलब्ध गराउँछ । 

तर, घाम ताप्दा के फाइदा हुन्छ र यसबाट फाइदा कसरी लिने भन्ने हामीलाई थाहा नहुन सक्छ । अनि यसको नोक्सानबाट कसरी बच्ने भन्ने थाहा नहुन सक्छ । 

सूर्यको प्रकाशका कारण चाहिँ हाम्रो शरीरमा धेरै फाइदा हुन्छ । यसमा रोगनिवारक हुने भएकाले हामी विभिन्न रोगबाट सुरक्षित पनि हुन सक्छौँ । सूर्यको प्रकाशमा नै क्यान्सरविरोधी तत्व हुनुका कारण यसले हामीलाई क्यान्सर हुने सम्भावनाबाट पनि बचाउने वैज्ञानिकहरु भन्छन् । शोधहरुका अनुसार जहाँ मानिसहरु कम समय सूर्यको प्रकाशमा बिताउँछन्, त्यहाँका मानिसहरुलाई क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ ।

यतिमात्र होइन, सूर्यको प्रकाशले हाम्रो रगत सन्चारलाई पनि राम्रो बनाउन सहयोग गर्छ ।  साथसाथै सूर्यको शरीरमा सेरोटोनिन नामको हर्मोन कम हुने भएकाले डिप्रेसन हुनबाट पनि सूर्यको प्रकाशले बचाउने विभिन्न अध्ययनले निष्कर्ष निकालेका छन् । बरु यसले हामीमा खुसी बढाउँछ ।

फेरि के कुरामा सचेत हुनुपर्छ भने लामो समय सूर्यको प्रकाशमा बस्दा चाहिँ हामीलाई फाइदा हुँदैन । लामो समय बस्दा चाहिँ एलर्जी हुनेमात्र होइन, छालाको क्यान्सरसमेत हुनसक्ने अध्ययनहरुले देखाएका छन् ।





  • प्रकाशित मिति : साउन १८, २०७६ शनिबार २३:१२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया