नाएरमा नयाँ नेतृत्व

काठमाडौं– नेप्लिज एसोसियसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ्स (नाएर) ले आफ्नो अधिवेशन गर्दै नयाँ नेतृत्व चयन गरेको छ । जिम्मेवार शैक्षिक परामर्शदाता संस्थाहरुको संस्था नाएरको अध्यक्षका लागि विज्ञान श्रेष्ठ चुनिएका छन् । 

१२ औं अधिवेशनबाट उपाध्यक्षमा प्रेम पाण्डे, महासचिवमा उद्धव खड्का, कोषाध्यक्षमा अनन्त पौड्याल र कार्यकारी सदस्यमा विराज पाण्डे चुनिएका छन् । उनीहरुको कार्यकाल दुई वर्षको हुनेछ ।

सन् २००७ मा स्थापना भएपछि नाएरले नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउने शैक्षिक परामर्शदाता कम्पनीहरुको विश्वसनीयता, गुणस्तरीयतामा विशेष ध्यान दिँदै आएको छ । त्यसैले, अष्ट्रेलियाका अधिकांश विश्वविद्यालय तथा कलेजहरुले नाएरलाई विशेष पहिचानमा राख्ने गरेका छन् । 

नाएर स्थापना भएको यी १२ वर्षमा नाएरले अर्को संस्था एसोसियसन अफ नेपल्जि अल्मुनी फ्रम अष्ट्रेलिया (आना) र नेपाल अष्ट्रेलियन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (नाक्की)सँग सहकार्य गर्दै विभिन्न कार्यक्रहरु पनि गर्दै आइरहेको छ । नाएरले यी दुई संस्थाहरुको सहकार्यका कारण नेपाल र अष्ट्रेलियाबीचको शैक्षिक, व्यपारिकलगायतका सम्बन्धमा थप बलियो भएको छ । 

यसपटक पनि नाएर र आना मिलेर छिट्टै ‘कम ब्याक होम’ नामको क्याम्पेन सुरु हुने बताइएको छ । यो अभियानको तात्पर्य अष्ट्रेलिया वा विभिन्न मुलुकमा उच्च शिक्षाका लागि पुगेका नेपाली युवाहरुलाई नेपाल फर्किन प्रेरित गर्नु हो । 

‘देश समृद्ध बनाउन तथा देशको विकासका लागि यहाँबाट बाहिर पढ्न गएका विद्यार्थीहरु अब स्वदेश फर्किएर आफूले लिएको ज्ञानको उपयोग गर्नुपर्छ,’ नवनिर्वाचित महासचिव उद्धव खड्काले भने, ‘हामीले यो अभियान त्यसैले सुरु गर्न लागेका हौँ ।’



नाएरको अधिवेशनमा नै नाक्कीसँग पनि थप सहकार्य गरेर दुई देशबीचको व्यापारमा थप टेवा पुर्याउन सहयोग गर्नेबारे छलफल गरिएको छ । 

नवनिर्वाचित अध्यक्ष विज्ञान श्रेष्ठले अधिवेशनमा यो क्षेत्रमा सकारात्मक परिवर्तनहरु ल्याउन आफूहरु लागिपर्ने बताए । ‘अष्ट्रेलिया र नेपालको सम्बन्धलाई थप बलियो बनाउन तथा यो क्षेत्रमा सकारात्मक विकासका लागि हामी काम गर्नेछौँ,’ उनले भने । 



  • प्रकाशित मिति : साउन १९, २०७६ आइतबार १०:१८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया