यू-१९ साफ च्याम्पियनसिपका प्रारम्भिक छनाेटमा काे–काे परे ?

काठमाडौं । सेप्टेम्बर २० देखि २९ सम्म सातदोबाटोस्थित एन्फा कम्लेक्समा हुने साफ च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा ४६ खेलाडी छानिएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-१९ साफ प्रारम्भिक चरणमा ४६ खेलाडीलाई बोलाएको हाे । 

तीन साताअघि सम्पन्न ललित मेमोरियल यू-१८ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोटमा परेका हुन् । चेतनारायण श्रेष्ठको मुख्य प्रशिक्षणमा ४६ बाट खेलाडीबाट छनोट हुने टोलीले साफ च्याम्पियनसिप खेल्नेछ ।

प्रारम्भिक छनाेटमा काे–काे परे ?

गोलकिपर : विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी, पुजन होना, निशान खड्का, आकाश रानाभाट । 
डिफेन्डर : विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, युवेश थापा, विशान्त बस्नेत, अलिक रुम्बा, अन्जन महर्जन, राजु पण्डित, विशाल शाही । 
मिडफिल्डर : शिशिर लेखी, दीपेश गुरुङ, रोशन रानामगर, राजन पुन, आकाश बुढामगर, रेजिन माझी, सञ्जीव लामा, जय गुरुङ, मनीष थापा, कुशल फुयाल, अदित गुरुङ, श्यामु मर्मु, सन्जु श्रेष्ठ, नीतिन थापा, सम्राट सुनुवार, रोहन कार्की र मौसम सुब्बा ।
फर्वाड : ब्रिजेश चौधरी, सच्चु गुरुङ, नीरज चौधरी, कैलाश लामिछाने, कार्लोस बखरिया, दर्शन गुरुङ, अभिषेक श्रेष्ठ, सन्जु सेन, कृतीशरत्न छन्जु, मनीष डाँगी ।





  • प्रकाशित मिति : साउन १९, २०७६ आइतबार १५:३६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया