तीनै तहको उपनिर्वाचन आगामी मंसिर १४ गते

काठमाडौं– सरकारले तीनै तहको उपनिर्वाचन आगामी मंसिरमा गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आगामी मंसिर १४ गतेका लागि तीनै तहको उपनिर्वाचनको मिति तय गरिएको जानकारी गराए ।

यसअघि निर्वाचन आयोगले सिफारिस गरेकै मितिमा सरकारले उपनिर्वाचनको मिति तोकेको हो । कानुनअनुसार निर्वाचनको मिति निर्वाचन आयोगको सिफारिसमा सरकारले तोक्ने व्यवस्था छ । 

निर्वाचन आयोगले तीनवटै तहमा रिक्त रहेका कुल ५० स्थानमा मंसिर १४ गते एकैदिन निर्वाचन गराउन सुझाव दिएको थियो ।

देशभर रिक्त रहेका  प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदमा निर्वाचन हुने भएको हो । 





  • प्रकाशित मिति : साउन १९, २०७६ आइतबार १६:१२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया