तुलसीपुरमा कांग्रेसकाे प्रदर्शन, ‘टुरिस्ट मेयर’माथि प्रदर्शनकारीले पाेखे आक्राेश

तुलसीपुर– प्रतिपक्षी दल नेपाली कांग्रेसले आज दाङको तुलसीपुरमा प्रदर्शन गरेको छ । कांग्रेस तुलसीपुर उपमहानगरपलिका नगर समितिले दिउँसो गरेको विरोध प्रदर्शनमा सहभागीले नाराबाजी गर्दै सुशासनको माग गरे । 

प्रदर्शनकारीले ‘स्मार्ट सिटी देखियो अस्त व्यस्त भेटियो, टुरिस्ट मेयर मुर्दावाद, नगरभित्रका अनियमितता बन्द गर, जनताको ढाड सेक्न लगाइएको कर बन्द गर, किसानलाई रासायनिक मल प्रदान गर, असारे विकास बन्द गर, कार्यकर्ता पोस्ने काम बन्द गर’ जस्ता नारा लगाए ।

तुलसीपुरका मेयर घनश्याम पाण्डे यतिखेर भारत भ्रमणमा छन् । काम छाडेर भ्रमणमा रमाउन गएको भन्दै प्रदर्शनकारीले उनलाई ‘टुरिस्ट मेयर’ भनेका हुन् । 

प्रदर्शनकारीले तुलसीपुर क्षेत्रको असुरक्षा, फोहोर मैलाको उचित व्यवस्थापन, छाडा चौपायाको व्यवस्थापन, सवारी साधनको व्यवस्थित पार्किङलगायत विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । उनीहरुले उपमेयर माया आचार्यलाई भेटेर १२ बुँदे मागसहितको ज्ञापनपत्रसमेत बुझाएका छन् । 





  • प्रकाशित मिति : साउन १९, २०७६ आइतबार १९:१२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया