[भिडियो] जब पशुपतिमा आरती हेरेर निस्कँदा भिडको ठेलमठेलमा परे माधवकुमार नेपाल

काठमाडौं– पाशुपति मन्दिर । यसै पनि पशुपति मन्दिरमा हरेक साँझ हुने आरती हेर्न सयौँ भक्तजन पुगेका हुन्छन् । झन्, साउनको सोमबार त त्यहाँ भिड नहुन कुरै भएन !

आज अर्थात् यो साउनको तेस्रो सोमबार पनि पशुपति मन्दिरमा साँझ आरती हेर्न हजारौँ भक्तजन पुगेका थिए । सोमबार भगवान शिवको आरधना गर्नेहरुको भिड पनि त्यहाँ मिसिएको थियो । 

र, त्यही भिडमा थिए, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल । नेपाल पशुपतिमा सोमबार सन्ध्याकालीन आरती हेर्न श्रीमती गायत्री आचार्यसँग पुगेका थिए ।

बोलबम दर्शनार्थीको भिड र पशुपतिमा आरती हेर्न पुगेकाहरुको दर्शनार्थीका कारण सोमबार त्यहाँ निकै धेरै भक्तजन भेला भएका थिए । त्यसैले आरती सकिएर बाहिर निस्कँदै गर्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भिडको ठेलमठेलमा परे । 

उनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई भिडमा नेपाललाई जोगाएर बाहिर निकाल्न हम्मेहम्मे परेको थियो । 

प्रत्येक साँझ हुने पशुपति मन्दिरको आरतीको आकर्षण कति छ भने यसको व्यवस्थापनका लागि पशुपति विकास क्षेत्र कोषले रकम छुट्ट्याउँदैन । यसको सम्पूर्ण खर्च आरती हेर्न पुगेका दर्शनार्थीको दानले नै पुग्दै आएको छ । 



 
हेर्नुहोस्, भिडियो:



  • प्रकाशित मिति : साउन २०, २०७६ साेमबार २२:३२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया