एजेन्सी– बलिउडमा अभिनेत्री दीपिका पादुकोणको चर्चा नहुने कुरै भएन । झन्, पछिल्लो समय अभिनेता रणबीर सिंहसँग वैवाहिक जीवन बिताइरहेकी दीपिका उनको कामले पनि चर्चामा आएकी छिन् ।
पछिल्लो समय उनी फिल्म छपाकको सुटिङमा व्यस्त छिन् । यो फिल्म एसिड आक्रमणमा परेकी एक युवतीको कथामाथि बनेको फिल्म हो । दीपिकाले फिल्ममा एसिड आक्रमणमा परेकी ती युवतीको भूमिकामा काम गरिरहेकी छिन् ।
यहीबीच दीपिकाको चर्चा उनको जीवनलाई लिएर गरिएको छ । पहिले रणबीर कपुरसँग उनको सम्बन्ध र उनीहरुको विछोडपछि आफूलाई परेको पीडाका कारण आफू डिप्रेसनमा समेत गएको दीपिकाले बताउन थालेकी छिन् । तर, त्यसलाई संघर्षले नै जितेको उनको दाबी छ । ‘मेरो डिप्रेसनको अनुभवलाई समेट्ने र मैले त्यसलाई सहज जित हासिल गर्नुको कारण एउटै छ– संघर्ष,’ उनले भनेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।