चितवनको होटलमा पत्रकार मृत फेला

भरतपुर– माउन्टेन टिभीमा कार्यरत पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा मृत फेला परेका छन् । उनी झुन्डिएको अवस्थामा होटलमा भेटिएका हुन् । 

नारायणगढको बसपार्कमा रहेको कंगारु हेटलमा पुडासैनी मृत फेला परेको चितवन प्रहरीले जनाएको छ । सोमबार दिउँसो होटलमा पुगेका पुडासैनीको शव झुन्डिएको अवस्थामा भेटिएको थियो । 

खाना खान बोलाउन होटल कर्मचारी पुग्दा पुडासैनीले कोठा नखोलेपछि प्रहरीको रोहबरमा उनी बसेको कोठा खोलिएको थियो ।

माउन्टेन टिभीमा मिसन न्युज नामको कार्यक्रम चलाउँदै आएका पुडासैनीको मृत्युबारे अनुसन्धान गर्ने चितवन प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २१, २०७६ मंगलबार १०:२१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया