नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार करिब १० अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ९.३६ अंकले घटेर एक हजार २४५.७३ मा पुगेको छ । 

यस्तै,सेन्सेटिभ परिसूचक १.९१ अंक घटेर २६९.१० मा पुगेको छ । स्टकका अनुसार कुल १ सय ६९ कम्पनीका १४ लाख ४९ हजार ६९७ कित्ता सेयर ५४ करोड सात लाख ५५ हजार १ सय ८२ मूल्यमा खरिद–बिक्री भए । 

कारोबार भएका १२ वटै उपसमूहको सेयर ओरालो लागेको छ । बैंकिङ ९.३६, व्यापार १.६९, होटल २५.८८, विकास बैंक ५.२१, जलविद्युत् ६.८३, वित्त ४.७४, निर्जीवन बिमा ४०.९७, उत्पादन ३०.६४, अन्य १.६, लघुवित्त २१.०९, जीवन बिमा ६.११ र सामूहिक लगानी कोष ०.०९ अंकले ओरालो लागेको छ । 

कारोबार रकमका आधारमा आज कृषि विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको आठ करोड ५४ लाख ४१ हजार ३ सय ६८ बराबरको सेयर कारोबार भयो । यस्तै, नेपाल बैंक लिमिटेड चार करोड १६ लाख १० हजार ६ सय १, एनआइसी एसिया एक करोड ९६ लाख नौ हजार ८ सय ९, प्रभु बैंक एक करोड ३१ लाख ५२ हजार ६ सय ७१, लुम्बिनी विकास बैंक एक करोड १८ लाख तीन हजार ३ सय ९९ र सिद्धार्थ बैंक लिमिटेडको एक करोड पाँच लाख ४० हजार १ सय ५३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार आज जोशी हाइड्रोपावर २.७४, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी २.६०, लक्ष्मी लघुवित्त वित्तीय संस्था २.६०, कालीका पावर कम्पनी २.३३ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले १.९९ प्रतिशतले कमाए । 

यस्तै, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले १० प्रतिशतले गुमाउँदा स्पर्श लघुवित्त वित्तीय संस्था ९.९३, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९.२१, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ८.१३, गुराँस लघुवित्त वित्तीय संस्था ७.४२ र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.४० प्रतिशतले गुमाए । 



यस्तै, स्टकमा मंगलबारदेखि रसुवागढी जलविद्युत् कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीका सेयर कारोबार सुरु भएको छ । स्टकले रसुवागढीलाई सुरुवाती कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९७ रुपैयाँ २९ पैसा र अधिकतम २ सय ९१ रुपैयाँ ८७ पैसा तोकेको थियो । यस्तै, साञ्जेन जलविद्युत् कम्पनीको सेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९६ रुपैयाँ ३२ पैसा र अधिकतम् २ सय ८८ रुपैयाँ ९६ पैसा तोकेको थियो । ती दुवै आयोजना जनताको जलविद्युत् कार्यक्रममा समावेश छन् । 



  • प्रकाशित मिति : साउन २१, २०७६ मंगलबार १६:२८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया