इन्टरनेट तथा केबुल सेवा प्रदायक कम्पनी सुबिसुको बालुवाटारस्थित कार्यालयमा भीषण आगलागी भएकाे छ ।
बुधबार पौने १ बजेदेखि लागेको आगो ३ बजे पूर्ण नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार आगलागी नियन्त्रणका लागि सात वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली परिचालन भएका थिए ।
आगलागीबाट सुबिसुको कार्यालय जलेर क्षतिग्रस्त भएको प्रहरीकाे भनाइ छ । त्यहाँका केबुल तथा महत्वपूर्ण सामग्रीहरू जलेर नष्ट भएका छन् ।
आगलागीबाट भएको क्षति संकलनको कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।