भारत–पाक बढ्दो तनावः पाकिस्तानले भारतसँग व्यापारिक तथा कुटनीतिक सम्बन्ध अन्त्य गर्यो

एजेन्सी– भारत प्रशासित कश्मिरमा अनुच्छेद ३७० को निष्प्रभावी गरेकाले पाकिस्तानले भारतसँग कुटनीति सम्बन्ध सिमित राख्ने तथा दुई देशबीचको व्यापारिक सम्बन्ध तोड्ने घोषणा गरेको छ । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा भएको पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति बैठकमा यो निर्णय लिइएको हो । 

बैठकमा पाकिस्तानका विदेशमन्त्री, रक्षामन्त्री, गृहमन्त्रीसहित सेना तथा जासुसी संस्थाका अधिकारी थिए ।

अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुमा समाचार आएअनुसार पाकिस्तानले दिल्लीमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । त्यस्तै, पाकिस्तानमा रहेका भारतीय राजदूतलाई पनि फिर्ता जान भनिएको छ । 

'मैले १९९० ताकाको मिलिटेन्सी पनि देखेको छु, तर यस्तो माहोल कहिल्यै देखिनँ' – एक कस्मिरवासीकाे बयान

यो विषयमा पाकिस्तानले संयुक्त राष्ट्रसंघ तथा सुरक्षा परिषद्मा कुरा उठाउने तय भएको छ । साथै, पाकिस्तानको स्वतन्त्रता दिवसको अवसरमा अब कश्मिरमा एकजुटता प्रदर्शन गर्ने भनिएको छ । यता, भारतको स्वतन्त्रता दिवसलाई पाकिस्तानमा कालो दिनका रुपमा लिने निर्णय गरिएको छ । 



यो बैठकमा पाक प्रधानमन्त्री इमरान खानले भारतले मानवअधिकार उल्लंघन गरेको र यस विषयमा सबै कुटनीतिक आयोगहरुमा जानकारी दिन निर्देशन दिएका छन् । 

पाकिस्तानी संसदको संयुक्त सत्रमा पनि यो विषयमा चर्चा गरिएको छ । पाकिस्तानका मानवअधिकार मन्त्री शिरिन मजारीले भारतले कश्मिरमा गरेका निर्णयहरु युद्ध अपराधजस्तै भएको बताएका छन् । 



यसबीच पाकिस्तानले आफ्नो हवाई क्षेत्रको कोरिडोर बन्द गरिदिएको छ । समाचार एजेन्सी पिटिआईका अनुसार भारतका उडानहरुलाई अब पाकिस्तानी हवाइ क्षेत्र प्रयोग गर्न दिइने छैन ।

भारतले आज हटाएकाे 'अनुच्छेद ३७०' के हाे ? यसले जम्मु–कस्मिरलाई के–के विशेषाधिकार दिन्थ्याे ?

  • प्रकाशित मिति : साउन २३, २०७६ बिहीबार ८:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया