एजेन्सी– बलिउड फिल्ममा बिन्दास तथा बोल्ड अभिनेत्रीकी रुपमा चिनिन्छिन् अभिनेत्री माही गिल । तर, वास्तविक जीवनमा आफू निकै लजालू भएको माहीलाई लाग्छ । तर, अर्कोतिर उनी दबंग महिलाको रुपमा पनि चिनिएकी छिन् ।
तर, यी विषयमा आफूले अभिनय गरेर थाकिसकेको उनी मान्छिन् ।
उनी भन्छिन्– कुनै सेक्सी वा बार गर्लको भूमिका छ भने मलाई बोलाइन्छ । ‘कुनै वेश्या वा रक्सी हातमा लिएर हिँड्ने महिलाको भूमिका छ भने पनि मलाई बोलाइन्छ,’ भारतको एक सन्चारमाध्यमसँग कुरा गर्दै माही गिलले बताएकी छिन् ।
‘तर, अब म नयाँ केही गर्न चाहन्छु, पुराना भूमिका गरेर म हैरान भइसकेको छु,’ उनले भनेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।