सामाजिक सन्जालः डा. रामेशलाई ममको चेन होटल चलाउने वातावरण बनाउन सरकारलाई दबाब दिऔँ

काठमाडौं– पछिल्लो समय सामाजिक सन्जालमा के विषयमा चर्चा हुन्छ र के कुराले निकै धेरैको ध्यान तान्छ भन्ने कसैले पनि अनुमान गर्न सक्दैन । यो त खासै चासोको विषय होइन भन्ने विषय पनि कहिलेकांही ठूलो चासोको विषय बन्छ । त्यस्ता विषयमा धेरैले आफ्ना अभिव्यक्ति पनि दिन्छन् । 

यस्तै प्रसंग केही दिन यता सामाजिक सन्जाल ट्विटरमा व्यापक भएको छ । प्रसंग हो– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रकोे नेतृत्वबारे । कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माको कार्यकाल सकिँदै गर्दा उक्त पदका लागि नयाँ नियुक्त को होला भन्ने चासोको विषय छ । 

र, यही नेतृत्वका लागि डा. रामेश कोइरालाको नाम अंग्रपंक्तिमा छ । 

यही विषयमा डा. कोइरालाले एक अनलाइन पोर्टलको समाचारलाई ट्विटरमा कोट गर्दै लेखे, ‘राम्रो हैन हाम्रोुको कुरो नहुने हो भने स्वतस् गंगालालको नेतृत्व दावी गर्छु र सरकारी अस्पताल निजीभन्दा कसरी अब्बल बनाउने भनी जनतालाई त के भगवानलाई पनि देखाएरै छाड्छु । नपाए ठीकै छ, डाक्टर बनेरभन्दा मोमो बेच्ने चेन खोलेर भए पनि दाम कमाउँछु। भुइँमान्छे, किन हार मान्नु र ?’

उनले यति के लेखेका थिए, सामाजिक सन्जालमा ट्विटर प्रयोगकर्ताहरु आआफ्ना धारणा सार्वजनिक गर्न थालिहाले । अधिकांशले चाहिँ व्यंग्य गर्दै वा रमाइलोमा डा. रामेशलाई मम पसल खोल्न वातावरण बनाउनु पर्ने उल्लेख गरेका छन् ।



त्यस्तो गर्नेमध्ये एक छन्, लेखक ब्रजेश । उनले त डा. कोइरालालाई सुझाव दिएका छन्– पाटन एरियाबाट शुरू गर्नु पर्छ है डाक्टर साहब । व्यंग्य सहितको ब्रजेशको यो आग्रहमा रामेशले भनेका छन्– चेन नै खोल्ने हो । 



पत्रकार शिव दाहालले पनि यस विषयमा ट्विट गरेका छन्– दक्षता, क्षमता र योग्यता भएकैले मौका पाउने भए डा। रामेश कोईरालाले यसअघि नै गंगालालको जिम्मेवारी पाईसक्थे, त्यसैले आउनुस् सबै मिलेर उनलाई मस्मस् को चेन होटल चलाउन सहयोग गर्न सरकारलाई दबाब दिऊँ 

हाइवे नामका ट्विटर प्रयोगकर्ताले ब्रजेशले राखेको एउटा फोटो रिट्विट गर्दै रामेश दाइको मम पसल भन्दै रमाइलो गरेका छन् । 

विज्ञान लोहनीले त रामेशलाई मम पसल नै खोल्न सुझाव दिएका छन् । उनको सुझाव छ–

गंगालालको नेतृत्व गर्नेलाई सकस छ....कर्मचारी सहयोगी छैनन, ठगी र टाईमपासमा मस्त छन.................कर्मचारी पुरै सेट फेर्न सकिन्न, यिनको काम कर्तव्यको जिम्मा लिएर नेतृत्व गर्दा कहाँ फसिन्छ, भेउ पाईन्न................ भो रामेश दाइ, बरु स्वाभीमानका साथ मम पसल चलाउनुस !!!

डा. रामेश लेखक पनि हुन् । उनको आमाको मुटु, कोपिला आश्रमलगायतका पुस्तक प्रकाशित छन् । 

  • प्रकाशित मिति : साउन २३, २०७६ बिहीबार ९:२०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया