कस्मिरबारे जनतालाई जानकारी दिन भारतीय प्रधानमन्त्री मोदीले देशवासीका नाममा सम्बोधन गर्ने

नयाँ दिल्ली– कस्मिरबारे जनतालाई जानकारी दिन भारतीय प्रधानमन्त्री मोदीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । भारतको प्रधानमन्त्रीको कार्यालय स्राेतका अनुसार मोदीले स्थानीय समयअनुसार बिहीबार राति ८ बजे  देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।

भारतले गत सोमबार धारा ३७० खारेज गरेको थियो । सो धारा खारेजपछि अहिले क्षेत्रीय रुपमा पाकिस्तान र चीनले असन्तोष प्रकट गरिरहेका छन् ।

बाँकी विश्वले लाइन अफ कन्ट्रोल (एलओसी)मा शान्ति कायम राख्न आग्रह गरिरहेका छन् । कस्मिरभित्रै र भारतका अन्य भूभागमा पनि सरकारको कदमलाई लिएर पक्ष र विपक्षमा मत प्रकट भइरहेको छ ।

कस्मिर भित्रै भने सरकारले सञ्चार सम्पर्क विच्छेद गरी नेताहरुलाई नजरबन्दमा राखेको छ । 

 





  • प्रकाशित मिति : साउन २३, २०७६ बिहीबार १५:४१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया