काठमाडौं– भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनमा नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समवेदना व्यक्त गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले काठमाडौंस्थित भारतीय दूतावासमा गएर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेका हुन् ।
स्वराजको गत मंगलबार राति हृदयाघातका कारण मृत्यु भएको थियो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटमार्फत स्वराजप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।